३ आश्विन २०८१, बिहीबार
अर्थ मुख्‍य समाचार

नागढुंगाबाट दुई किलो सुन बरामद, ३ जना पक्राउ

२२ मंसिर, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन । गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्