४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

२५ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको संघीय संसद सचिवालय स्रोतले जानकारी दियो।

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

संघीय संसदको नयाँ महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्