३ कार्तिक २०८१, शनिबार
राजनीति

नेपाली कांग्रेसको शेखर–गगन पक्षको भेला सुरु

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो ।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् ।

यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन । गत वर्षको माघमा पनि संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।

मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच विवाद भएपछि आजका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्