४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा छ : संघीय मामिलामन्त्री देवी

३ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल गरेर अघि बढ्नेछौँ । सरकारको सम्पती भनेर मन्त्रालयले जिम्मा लगाइसकेको छ । मन्त्रालयमा फिर्ता भएर आएको छैन, संसदमा दर्ता हुने क्रममा छ ।’

उनले निजामती ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताइन् । उनले संसदमा दर्ता भएसँगै सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गरेर आफूहरु अघि बढ्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘जुन समयमा मैले मन्त्रालय सम्हालेँ त्यतिखेर निजामती ऐन अन्तिम चरणमा थियो । निजामती ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट गरेको पनि होइन, उहाँहरु जस्तै विद्वानले गर्नुभएको छ । कुनै राजनीतिककर्मीले गरेको भए अलि प्रश्न आउँथे तर उहाँहरुजस्तै विज्ञहरुले, पेशाकर्मीहरुले गर्नुभएको हो ।’

मन्त्री देवीले पशु चिकित्कसको हक अधिकार सुनिश्चित गर्न सरकार तत्पर रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्