३ आश्विन २०८१, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

‘नेपालमै पहिलोपटक बसोबस रियलस्टेट मेला हुँदै’

३ पुस, काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्ने भएको छ । यो मेला पौष ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ ।

मेलामार्फत घरजग्गा खरिदकर्ता र ग्राहक दुवै पक्षलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जनाएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि गराइने छ ।

‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताउनुभयो । यसो हुँदा घरजग्गा कारोबारमा संलग्न क्रेतारबिक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने बताउनुभयो ।

‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा लिस्टिङ भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यवसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्याधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सय भन्दा बढी प्रपर्टीहरूमा छुट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरिदकर्ताका लागि उपयुक्त हुने किसिमका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्