३ आश्विन २०८१, बिहीबार
समाचार समाज

बालकुमारीमा भौतिक पुर्वाधार मन्त्री चढेको गाडीमा आगजनी

१३ पुस, काठमाडौं । बालकुमारीमा भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगो लगाइदिएका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले गाडीमा आगजनी गरेका हुन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’

उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्