३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

प्रहरीको गोली लागेर २ युवकको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन, केही पक्राउ

१४ पुस, काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाको बिरोध गरेका थिए । प्रदर्शनमा सहभागी युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरी प्रदर्शनमा रोक लगाएको छ । त्यही कारण प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुन: भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्