३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

एनएसएल उपाधिका लागि धनगढी र ललितपुरबीचको खेल सुरू (लाइभ)

Featured Video Play Icon

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल सुरू भएको छ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु भएको हो ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स यसअघि नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो ।

पहिलो संस्करण फाइनल पुगेपनि पराजित भएको धनगढी एफसी लगातार दोस्रोपटक फाइनल खेल्दैछ र उसलाई फाइनलको अनुभव थाहा छ । ललितपुर भने पहिलोपटक फाइनल पुगेको हो र उसका लागि यो नयाँ अनुभव हुनेछ ।

यसपटक रमाइलो संयोग के रह्यो भने धनगढी र ललितपुर दुवैले एउटै टिम पोखरा थण्डर्सलाई हराएर फाइनल पुगेका हुन् । फ्रेन्चाइज लिगहरुमा लिग चरणको खेलपछि प्लेअफका खेलहरु हुने भएकोले शीर्ष दुईमा रहने टिमले फाइदा पाउँछन् ।

लिगमा पोखरा शीर्ष स्थानमा थियो भने धनगढी दोस्रो तथा ललितपुर चौथोमा थियो । पहिलो क्वालिफायर पोखरा र धनगढीबीच भयो । धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुग्यो । त्यसपछि ललितपुरले एलिमिनेटरमा काठमाडौंलाई पराजित गर्‍यो । तर, ललितपुरले फेरि अर्को खेल खेल्नुपर्‍यो । त्यो खेल पोखरासँग थियो । पोखरालाई २-१ ले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढीसँग उपाधि भेट पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्