एनएसएल : दोस्रुो हाफको सुरूवातमै ललितपुरलाई ३-१ गोलको अग्रता
१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३को फाइनल खेलमा दोस्रो हाफसम्म आइपुग्दा ललितपुर सिटीले ३-१गोल अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनल खेलमा दोस्रो हाफ सुरू भएलगत्तै ३-१ गोलको अग्रता लिएको हो ।
दिनेश हेम्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका छन् । उनले खेलको ५० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
यस्तै ललितपुरकै इमोहले व्यक्तिगत दोस्रो गोल गरेपछि ललितपुरले ३-१ को अग्रता बनाएको हो ।
यसअघि फाइनल खेलको पहिलो हाफमा दुवै टोलीले एक एक गोल गरेका थिए।
एनएसएल उपाधिका लागि दशरथ रंगशालामा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल जारी छ।
प्रतिक्रिया दिनुहोस्