३ आश्विन २०८१, बिहीबार
समाचार समाज

माइतीघरबाट पक्राउ परिन् संघीय मामिलामन्त्री अनिता देवी

१६ पुस, काठमाडौं । प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ ।

धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् ।

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।

साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

प्रहरीले पूर्वखानेपानी मन्त्री अब्दुल खानलाई समेत नियन्त्रणमा लिएको छ । पार्टीका विभिन्न तहका नेताहरुसहित गरेर जम्मा ५३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्