४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

दाङमा बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु

१६ पुस, दाङ । दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको हो ।

तुलसीपुर–१८ स्थित जनकल्यान माद्यामिक विद्यालयबाट घर फर्कदै गरेका बालक चौधरीलाइ भे १ ख ३६९७ नम्बरको बसले बेलुकी साढे ४ बजे ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । बसको ठक्करपछि बालकको घटना स्थलमै मृत्यु भएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्