३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय समाचार समाज

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी

१७ पुस, काठमाडौं । जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।

जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।

एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुँवा निक्लिएको देखिन्छ ।

यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्