४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

१७ पुस, बुटवल । बुटवलमा बसको ठक्करबाट मंगलबार साइकल यात्रीको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले मिलनचोकमा ठक्कर दिँदा साइकलयात्री अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बसले ठक्कर दिएपछि बसको चक्कामुनि परेका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

 

मृतकको पहिचान खुल्न बांकी रहेको र शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्