४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सम्झौता भएको ३ वर्षपछि वंशिलाघाटमा पुल निर्माण थालियो

१८ पुस, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो ।

एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले अब कुनै पनि बहानामा काम रोक्न नपाइने बताए ।

सरकारले विनियोजन गरेको रु १९ करोड १८ लाख ४१ हजार चार सयको लागतमा पुल निर्माण थालिएको हो ।

प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि पुलको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्