३ आश्विन २०८१, बिहीबार
खेलकुद

पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जित्यो

१९ पुष, सप्तरी । पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जितेको छ । बुधबार सप्तरीको खडक नगरपालिकास्थित बनरझुला मावि खेल मैदानमा भएको फाइनल खेलमा बिराटनगर स्पोर्ट्स एकेडेमीलाई ट्राइबेकरमा हराउदै मलिथम एफ सी उदयपुरले उपाधी चुमेको हो ।

खेल अवधीभर दुवै तर्फ २–२ गोलको बरावरीमा समय समाप्त भएपछी खेल ट्राइबेकरमा परिणत भएको थियो । ट्राइब्रेकरमा ५–४ गोल अन्तरले मलिथम एफ सी बिजेता बनेको हो ।

श्री ब्वाईज युनियन फुटवल क्लव खडक नगरपालिक ३ सप्तरीको आयोजनामा संचालित पाँचौ खडक मेयर गोल्ड कपको उपाधी टीम मलिथम एफ सि ले ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने खेलको उपबिजेता बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगरले ३१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित बुझाउनु पर्यो । पूष १४ गतेदेखि सुरु भएको उक्त गोल्डकपमा १० वटा टिम सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्