उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो
![](https://www.ratokagaj.com/wp-content/uploads/2023/12/Shitlahar-Sunsari-1230x700.jpg)
२४ पुस, काठमाडौं । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा दिउँसो र राति हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्