३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

एसएस फाउन्डेसनले ज्येष्ठ नागरिकलाई बाड्यो न्यानो कपडा

२६ पुस, काठमाडौं । काठमाडौंस्थित एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो।

कालिमाटीस्थित डिभाइन पार्टी प्यालेसमा पालिजा: स्वाँ नेवा: पुच:को आयोजनामा न्यानो लुगा वितरण गरिएको हो।

फाउन्डेसनको सहयोगमा कालिमाटीमा १६१ जना बालबालिका, एकल महिला र वृद्धवद्धालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले ती न्यानो लुगा वितरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्