५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

३ माघ, काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्न लागि बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा १२४ को उपधारा (१) ले सरकारले संसद अधिवेशन चालु नभएका बेला अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० राष्ट्रपतिकोमा पठाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्