Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

रातो कागज
1 वर्ष अघि

४ माघ, काठमाडौं । १५ लाख घुस रकमहित बनेपा नगरपालिका वडा -९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन्।

वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन्।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जानकारी दिएको छ । वादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया