४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि बन्द

१४ माघ, नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ ।

बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

हवाइ उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ /८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो ।

उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आसमा विमानस्थलमै बसिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्