४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले लिए एनओसी

१६ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका छन् ।

शाखाका अनुसार क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ एनओसी लिएका छन् । त्यसपछि अष्ट्रेलियाको लागि ९ हजार ७८७ जनाले, जापानको लागि ८ हजार ५६७ जनाले, युकेको लागि ६ हजार ६८७ जनाले अमेरिकाको लागि ५ हजार ३१८ जनाले, दक्षिण कोरियाको लागि २ हजार ३७२ जनाले, भारतको लागि एक हजार ३१२ जनाले एनओसी लिएका छन् ।

शाखाको विवरण अनुसार विभिन्न ५८ देशमा अध्ययन गर्न जानको लागि विद्यार्थीले एनओसी लिएका छन् । शाखा प्रमुख शान्तिराम पौडेलको अनुसार औषतमा दैनिक ५ सय जनाले एनओसीको लागि अनलाइन आवेदन दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्