३१ भाद्र २०८१, सोमबार
खेलकुद समाचार समाज

यू-१९ विश्वकप : नेपालको इनिङ सम्हाल्दै देव र विशाल

१७ माघ, काठमाडौं । नेपालका कप्तान देव खनाल र विशाल विक्रम केसीले आइसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा बंगलादेशविरुद्ध इनिङ सम्हाल्ने प्रयास गरेका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।

नेपालका कप्तान देव खनाल ४२ बलमा १ चौकासहित २१ तथा विशाल विक्रम केसी ४६ बलमा २ चौकासहित १२ रनमा नट आउट छन् । चौथो विकेटका लागि विशाल र देवले ८७ बलमा ४३ रनको साझेदारी गरेका छन् । सुरुवात भने राम्रो हुन सकेको थिएन ।

नेपालले बायाँ हाते ओपनर विपिन रावललाई २ रनमा गुमाएको थियो । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट समातिन पुगेका थिए ।

त्यसपछि तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी १३ बलमा ३ रन बनाउँदै क्याच आउट भएका थिए । उनी तीव्र गतिका बलर इकबाल हसनको आठौं ओभरको पाँचौं बलमा महफुजुर रहमान रबीबाट क्याच आउट भए ।

अफ साइडको फुल टस बलमा आकाश डिअफमा क्याच आउट भएका थिए । अर्को ओभरमा तीव्र गतिका बलर रोहनत डोउल्लाह बोस्रनको सट बल खेल्नेक्रमा नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल थर्डम्यानमा क्याच आउट भएका हुन् । अर्जुन २६ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

 

प्रतिक्रिया दिनुहोस्