Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सरकारी जग्गा हिनामिना प्रकरणमा व्‍यवसायी अरुण चौधरी पक्राउ

रातो कागज
1 वर्ष अघि

१८ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना प्रकरणमा व्‍यवसायी अरुण चौधरी पक्राउ परेका छन् । सीआईबीले उनलाई पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। सीआईबीले चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याइसकेको छ।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।

सोही कसुरमा उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गर्‍यो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया