५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

२३ माघ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिहीबार अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने भएका छन् ।

अस्ट्रेलियामा २६ र २७ माघमा इन्डिया फाउन्डेसनले आयोजना गरेको सातौं ‘इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन मन्त्री साउद २५ माघमा त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री साउद २८ माघमा पर्थ सहरमा आयोजना हुने कार्यक्रममा भाग लिने छन् । साथै, अस्ट्रेलियाली समकक्षी र अन्य मित्र राष्ट्रका प्रतिनिधि मण्डलसँग पनि उनले भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, परराष्ट्रमन्त्री साउदले न्यूजल्यान्डमा समेत समकक्षी विन्स्टन पिटर्ससँग पनि भेट गर्ने कार्यक्रम छ । उनी २ फागुनमा नेपाल फर्किने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्