४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

१६ एसएसपीको काज सरूवा

२६ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरूवा गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको हो ।

प्रधान कार्यालयका अनुसार एसएसपी अरूण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानी पोखरीमा सरूवा गरिएको छ । उनी गण्डकी प्रदेश प्रहरी तालिम कन्द्र पोखरामा कार्यरत थिए ।

यस्तै एसएसपी ईश्वर कार्कीलाई मधेश प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा जनकपुरमा सरूवा गरिएको छ ।

ओमबहादुर रानालाई मानव बेचविखन अनुसन्धान ब्‍यूरो काठमाडदंमा, कृष्णबहादुर पल्ली मगरलाई सुदूर पश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपालयमा, कृष्णहरि शर्मा पोखरेललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय काठमाडौं र गणेश चन्दलाई नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्शालमा सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्