३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार राजनीति

एवी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुके अनिल

२७ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिल कुमार शाह दक्षिण अफ्रिकाका लेजेन्ड्स एवी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल २० बलमा ५० रन बनाएर आउट भएका हुन् ।

विश्व कीर्तिमानबाट अनिल चुकेका छन् । ओडिआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एवी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् । अनिल १३ बलमा ७ चौका र २ छक्कासहित ४३ रनमा खेलेका थिए । तर छैटौं ओभरमा साद बिन जफारको तीन बलमा एक रन जोडेपछि उक्त उक्त कीर्तिमानबाट चुकेका हुन् ।

नेपालका लागि भने कीर्तिमान बनाएका छन् । १९ बलमा अर्धशतक नेपालबाट भने सर्वाधिक छिटो ओडिआई अर्धशतक हो । उनले आसिफ शेखको २१ बलमा गतवर्ष पपुवा न्युगिनीविरुद्ध बनाएको
अर्धशतकको कीर्तिमान तोडेका हुन् ।

अनिल २० बलमा ७ चौका र ३ छक्कासहित ५० रनमा आउट भए । २०२२ मार्चपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् । प्रधानमन्त्ती कपमा मधेश प्रदेशबाट ९ खेलमा ३८६ रन बनाउँदै उत्कृष्ट ब्याटरका साथ नेपाली टोलीमा फर्किएका थिए । आज उनलाई कुशल भुर्तेललाई विश्राम दिँदै मौका दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्