४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

प्‍यारागन पब्लिक स्कुलमा स्टिम प्रदर्शनी, विद्यार्थीहरूले बनाए सिकाइ सामग्री

२९ माघ, काठमाडौं । प्‍यारागन पब्लिक स्कुलले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) मा आधारित दुई दिने प्रदर्शनी गरिएको छ ।विद्यार्थीमा रहेको ज्ञान,सीप र दक्षतालाई उजार गरेर व्‍यवहारमा सिकाउन स्टिम प्रदर्शनी गरिएको हो ।

स्टिटमको पहिलो दिन आइतबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले आफ्नो ज्ञान, सीप र कलालाई प्रयोग गरेर आफूले सिकेका सामग्रीहरू प्रदर्शनीमा राखेका थिए । उनीहरूले कम्प्युटर, गेम, मेडिकल किड, सुपर मार्केट, रोबोट,काउन्टिङ मसिन, डेमो ल्यापटप, फार्मिङ हाउस, हेलिमोटर्स, रकेट लगायतका सिकाइका सामग्रीहरू तयार गरेर देखाएका थिए ।

यस्तै सोमबार दोस्रो दिन पनि स्टिम प्रदर्शनी राखिएको प्यारागन पब्लिक स्कुलका कन्सल्टयान्ट रविन काफ्लेले जानकारी दिए । उनका अनुसार आज ६ देखि १० सम्मका विद्यार्थीहरूले स्टिममा आधारित रहेर बनाइएका सामग्रीहरू प्रदर्शनीमा राखिनेछन् ।

उनीहरूले उक्त प्रदर्शनीमा आफूले सिकेका सीपहरू व्‍यवहारमा बनाउने र देखाउन सक्ने क्षमता प्रदर्शन गर्ने प्यारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दीनले बताए ।

उनले रातो कागजसँग भने, ‘विद्यार्थीहरूमा अथाह सृजनाको खानी हुन्छ। उनीहरूलाई जस्तो सिकायो त्यस्तै बन्छन् । त्यसकारण हामीले किताबी ज्ञानमा पढेका कुराहरूलाई स्टिम एजुकेशनमार्फत व्‍यवहारमा उतार्न सिकाइदिएका छौं । यसले उनीहरूमा सिर्जनशीलता, खोज, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्न प्रतिस्पर्धा गराउन हौसला मिलेको छ। ’

यता, सरकारले विश्वविद्यालयका विद्यार्थीमा सिर्जनशीलता, खोज, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्न प्रतिस्पर्धा गराउन विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ ।

कार्यविधि अनुसार कक्षा ५ देखि १० सम्म पढाइ हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयमा सिकाइ सामग्री निर्माणको प्रतिस्पर्धा गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्