रातो कागज
1 वर्ष अघि

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। चालू आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक व्यवस्थामा ६ महिना पछिको अवस्था हेरेर केही संशोधन समेत गरेको हो।
राष्ट्र बैंकले गरेको संशोधित व्यवस्था अनुसार कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने बताइएको छ।
यो व्यवस्था अनुसार कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायीलाई कर्जा लिन र बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्न समेत सहजता हुने भएको हो ।
हेर्नुहोस्
फेसबुकबाट तपाईको प्रतिक्रिया