४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

सोमबारदेखि फेरि वर्षा, पश्चिमी भूभाग बढी प्रभावित हुने

६ फागुन, काठमाडौं । सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ ।

यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ । त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ ।

पश्चिमी वायु नेपाल छिरिसकेकाले अधिकांश स्थानमा आज (आइतबार) अपराह्नदेखि नै बादल लागिसकेको छ । तर वर्षा भोलि (सोमबार)देखि सुरु हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्