४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

महासमिति बैठकस्थल गोदावरीमा कांग्रेस नेताहरूको चहलपहल

७ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरू भएको छ ।

सोमवारबाट ललतिपुरको गोदावरीमा सुरू हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् ।

बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्वीर राखिएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने भएनिए पनि उद्घाटन भएको छैन ।

बैठकमा सहभागी हुनका लागि नेता डा.शेखर कोइराला, बालकृष्ण खाण, विजय कुमार गच्छदार, प्रकाशशरण महतलगायत नेताहरू गोदावरी पुगेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रश्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रश्ताव पेश गर्ने कार्यसूचि छ ।

त्यस्तै प्रवक्ता डा. प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्