३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

त्रिकोणात्मक टि-२० आई सिरिज : नेपालले टस जितेर पहिला बलिङ गर्दै

१६ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टि-२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जि.सी आज नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् ।

पहिलो खेलमा नेपाल नामिवियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ ।

अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिवियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्