गठबन्धन दायाँबायाँ हुन्न : उपप्रधानमन्त्री खड्का
१८ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री खड्काले राष्ट्रिय सभाको अध्यक्षमा पनि गठबन्धनले सर्वसम्मत रुपमा उम्मेदवारी दिने बताए ।
‘केही समस्या छन् भने आपसमा बस्छौं, छलफल गरेर टुंगो लगाउँछौं’ गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको भन्दै उनले भने, ‘राष्ट्रिय सभा अध्यक्षबार सल्लाह गर्छौं, एउटा उम्मेदवार दिन्छौं ।’
प्रतिक्रिया दिनुहोस्