४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

६ महिनामा काठमाडौं उपत्यकामा घरेलु हिंसाका १ हजारबढी उजुरी        

१८ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा ६ महिनामा घरेलु हिंसाका १ हजारबढी उजुरी  परेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा घरेलु हिंसाका ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् ।जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार २२३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार घरेलु हिंसाका ८ हजार २१४ जना पीडित भएका छन् । तीमध्ये ७ हजार ४०१ जना महिला र ८१३ जना पुरूष छन् ।

यस्तै कोशी प्रदेशमा ८८२, मधेश प्रदेशमा २ हजार ७३७, बागमती प्रदेशमा ६३८, गण्डकी प्रदेशमा ३२८, लुम्बिनी प्रदेशमा १ हजार ३६७, कर्णाली प्रदेशमा ३९९ र सुदूरपश्चिम प्रदेशमा ६४० जनाले घरेलु हिंसाका सिकार भएको उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्