राष्ट्रियसभा : अध्यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेलाई
२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष एमालेलाई दिने चार राजनीतिक दलहरुबीच सहमति भएको छ ।
नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको हो ।
सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो ।
प्रतिक्रिया दिनुहोस्