३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारको प्रवक्तामा रेखा शर्मा, महिलामन्त्रीको विदेश भ्रमण अनुमोदन

२४ फागुन, काठमाडौं । पुर्नगठित मन्त्रिपरिषद बिहीबार बसेको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ ।

संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने एउटा निर्णय छ ।

साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्