६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेट

२४ फागुन, काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रिपरिषद पुनर्गठन भएसँगै मन्त्री श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसअघि उनी गृहमन्त्री थिए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न राजदूत श्रीवास्तव बुकी बोकेर मन्त्रालय पुगेका थिए ।

भेटमा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ । राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्