३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारलाई जनताले भेटून्, सहकारी पीडितले न्याय पाऊन् : रामहरि खतिवडा

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले प्रधानमन्त्री हराएको भनी व्यङ्ग्य गरेको थियो । यसबीचमा एमाले सरकारमा सहभागी भएको छ ।

यसप्रति व्यङ्ग्य गर्दै कांग्रेस सांसद खतिवडाले भने, ‘सर्वप्रथमत हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटनुभएकोमा सबैलाई हार्दिक बधाइ दिन चाहन्छु । अब सरकारलाई जनताले भेटोस्, सहकारी पीडितहरुले न्याय पाउन् । सहकारी ठगहरुले कारबाही पाउन् । मिटरब्याजीले न्याय पाउन् । लघुवित्त पीडितहरुले न्याय पाउन् ।’

खतिवडा अगाडि बोलेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकारलाई काँध फेर्ने छुट नरहेको बताएका थिए ।
त्यसप्रति संकेत गर्दै खतिवडाले भने, ‘काँध फेर्ने कुरा आयो । काँध नफेरेर प्रधानमन्त्रीजी खुट्टा फेर्न तयार हुनुभयो भने खुट्टा फेरिरहनुहोस् शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्