५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

आजको मौसम : कोशी र गण्डकीका एक-दुई ठाउँमा हिमपात हुने

२६ फागुन, काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि कोशी, बागमती, गण्डकी र कर्णाली गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्