३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मनोरन्जन

चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभा बनिन् ७१औं मिस वर्ल्ड

२७ फागुन, काठमाडौं । चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

२४ वर्षीया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् ।

मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन् । एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट-रनरअप घोषित भइन् ।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड अफ्रिकाको उपाधि लेसेगो चोम्बोले जिते । नेपालले यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै यात्रा तय गर्न सक्यो । तर, ‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो ।

मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेलाई बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले होस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्