प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
२८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सी ३० गते विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्