५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभाको अध्यक्षमा शर्मा र दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्