६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौं : ओली

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरुले नबनाएको स्पष्टीकरण दिएका छन् ।

मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन आफूहरुले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरे ।

‘यो परिर्वनन हामीले गरेको-गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्’ उनले भने, ‘कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदिएको रे ! चीन आयो रे ! चीन घुस्यो रे ! यस्तो खालको कुरा नगरे हुन्छ ।’

उनले अगाडि भने, ‘यत्रो मिहिनत गरेर बनाइएको छ । यति त जस त दिनुस् ।’

सरकारमा जाने हतारोले नभई देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर गठबन्धन बनाएको उनको तर्क छ ।

नयाँ गठबन्धन बनेसँगै सरकारले आशा जगाएको उनको दाबी छ । सरकार परिर्वतन हुनेवित्तिकै मिटरब्याज पीडितहरुसँग चारबुँदे सहमति भएको भन्दै उनले भने, ‘सरकारले गाडीको बन्दोबस्त गरेर पठायो जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्