Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आगलागीमा परी भोजपुरमा ३ बालबालिकाको मृत्यु

रातो कागज
1 वर्ष अघि

३ चैत, भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका-७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया