Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

रातो कागज
1 वर्ष अघि

४ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा शिक्षा, विज्ञात तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा आज पनि छलफल जारी रहने कार्यसूची छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया