३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सुन तस्करीबारे सीआईबीले फेरि अनुसन्धान गरेर पुरक अभियोग लैजाने

 

४ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित अयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पुरक अभियोग लैजाने अनलाइनखबरलाई बताए ।

‘थप अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भइसकेको छ, त्यसको कार्यान्वयनका लागि गृहकार्य थालिसकेका छौं’, उनले भने ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई मन्त्रालयमा बोलाएर प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए ।

गएको बिहीबार आचार्य नेतृत्वको आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद्ले समेत प्रतिवेदनलाई कार्यानवयन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिवेदनमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, बेल्जियन नागरिक दावा छिरिङका व्यापारिक साझेदार मल्जिल श्रेष्ठ, भन्सार अधिकृतका सवारी चालक अविनाश राउत लगायतलाई मुद्दा चलाउन सिफारिस छ ।

प्रतिक्रिया दिनुहोस्