४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड

८ चैत, काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ ।

बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको नेपाल सुन चाँदी व्‍यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्