४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

११ चैत, काठमाडौं । होली मनाउन सुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि होली मनाउन सुरू भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरु उच्छृङखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउनेलगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ ।

साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ ।

होली खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस्