४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बझाङ-१ मा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्ने

११ चैत, काठमाडौं । बझाङ १ मा १५ वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्