३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

आईपीएलमा गिललाई १९ लाख जरिवना

एजेन्सी – गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ ।

मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्वलो ओभर रेटमा पर्दै कारबाहीमा परेका हुन् ।

गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किपछि गिलले नेतृत्वको अवसर पाएका हुन् ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । चेन्नईसँग ६३ रनले पराजित भएको थियो ।

चेन्नईले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्