३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

नेपाल ए ले आज दोस्रो टी२० खेल खेल्दै

१७ चैत, काठमाडौं – नेपाल ए ले दोस्रो टी२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १–० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो । नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए । पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ ।

नेपालको मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न सकेका थिएनन् । नेपालले आज फिनिसर नारायण जोशीलाई मौका दिनसक्छ । १४ महिनापछि क्रिकेटमा फर्किएका कमलले ३ विकेट लिँदै राम्रो प्रदर्शन गरेका थिए । बलिङमा भने केहि सुधार गर्नुपर्ने देखिन्छ ।

उता पिटर मुर आयरल्यान्डका प्रमुख ब्याटर हुन् । उनले पहिलो खेलमा ४९ रन बनाएका थिए । स्टेफन डोहेनी, निल रक र ग्यारेथ डेलानी पनि राम्रो ब्याटर हुन् ।

प्रतिक्रिया दिनुहोस्